‘आवाज’ ले गण्डकी प्रदेश मातहत जिल्लाका प्रहरी कार्यालयमा छुवाछुत र भेदभावविरुद्ध बोर्ड राख्ने
पाेखरा | माघ २९, २०८०
पोखरा: ‘समानताका लागि आवाज’ भन्ने मुख्य नारालाई आत्मसाथ गर्दै सामाजिक क्षेत्रमा क्रियाशिल संस्था ‘आवाज’ले गण्डकी प्रदेश भित्रका ११ वटै जिल्ला प्रहरी कार्यालयमा छुवाछुत र भेदभाव सम्बन्धि सचेतनामूलक बोर्ड राख्ने भएको छ ।
गण्डकी प्रदेश प्रहरी कार्यालयमा बसको बैठकबाट जिल्ला प्रहरी कार्यालयको नागरिक सहायता कक्ष अगाडि जातीय तथा सामाजिक छुवाछुत र भेदभावसम्बन्धि सचेतनामूलक बोर्ड राख्ने निर्णय गरेको हो ।
पहिलो चरणमा जिल्ला प्रहरी कार्यालय कास्कीमा राखिसकेको छ भने आज (सोमबार) प्रदेश प्रहरी कार्यालयको नागरिक सहायता कक्ष अगाडि बोर्ड राखिएको छ ।
सो अवसरमा बोल्दै गण्डकी प्रदेश प्रहरीका प्रमुख प्रहरी नायव महानरीक्षक विकासराज खनालले गण्डकी प्रदेशमा जातीय तथा अन्य भेदभावका घटनाहरु भएमा शुन्य सहनशिलताकासाथ कानुनी दायरामा ल्याउन प्रदेश मातहतका कार्यालयहरुलाई निर्देशन गरेको बताउदै आवाजले सहयोग गरेको जनचेतनामुलक समाग्रीले कार्यक्रमलाई थप उर्जा प्रदान गरेको धारणा राखे ।

डिआइजी खनालले सामाजिक रुपान्तरणका लागि आवाजलाई आगामी दिनमा यस्तै सकरात्मक र रचनात्मक कार्यक्रम निरन्तर गर्न सुझावसमेत दिएका थिए ।
यस्तै आवाजका सदस्य अपिल विश्वकर्माले आवाजविहीनका आवाज र विभिन्न किसिमका सामाजिक हिंसाको विरुद्धमासंस्थाले काम गर्दै आएको जानकारी दिए ।
उनका अनुसार आवाजले यसअघिदेखिनै विभिन्न वडामा गुन्द्रीमा मुक्ति संवाद, लागुपदार्थविरुद्धको सचेतना कार्यक्रम, रक्तदान कार्यक्रम लगायतका सामाजिक कार्यक्रमहरु गर्दै आएको छ ।

पोखरा: कास्कीको अन्नपूर्ण आधार शिविर (एबिसी बेस क्याम्प) स्थित पिसफूल लज एण्ड रेष्टुरेन्टमा आगलागी भएको छ । स्थानीय पर्यटन व्यवसायी मिकास गुरुङका अनुसार मंगलबार करिब साढे ४ बजे ग्यासको...
काठमाडौं: प्रहरी वृत्त लैनचौरले ३ जनालाई लागुऔधष खैरो हिरोइनसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाको धनुषाधाम नगरपालिका ९ घर भई जिल्ला काठमाडौं महानगरपालिका १६ बालाजु गंगाजम...
मध्यपूर्वमा जारी तनावका कारण अन्तर्राष्ट्रिय हवाई उडान प्रभावित हुँदा पोखरामा दोस्रो मुख्य पर्यटकीय सिजनमा पनि पर्यटकको आगमन घटेको छ। अमेरिका–इजरायल र इरानबिच बढ्दो तनावले मुख्य ट्रान्जिट हब जस्...

